सिईको ३० औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौ - सिई हाम्रो हो, सिई हामी हौं, सिई हामी बनाउँंछौ नाराका साथ सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा त्यहाँं कार्यरत एक सय २६ जना कर्मचारीहरु सम्मानित भएका छन् । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले उनीहरुलाई नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा १० वर्ष पूरा गरेका ४० जना, १५ वर्ष पूरा गरेका २७ जना, २० वर्ष पूरा गरेका ४५ जना, २५ वर्ष पूरा गरेका १२ जना र ३० वर्ष पूरा गरेका दुई जना गरी कुल एक सय २६ जना रहेका छन् ।

कार्यक्रममा अध्यक्ष तथा प्रवन्ध निर्देशक राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरे । उनले कम्पनीले प्राप्त गरेका उपलब्धीहरुहरुबारे पनि चर्चा गरे । साथसाथै यस क्रममा आइपर्ने विभिन्न चुनौतीहरुको सामना गर्दै कसरी यो उचाइसम्म पुग्न सफल भयो भनी स्मरण पनि सुनाए । उनले अबको १० वर्षमा कम्पनी कस्तो बनाउने भावनी योजनाबारे पनि जानकारी गराए । 
कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको अध्यक्ष राजभण्डारीले बताउँछन् । ‘हामीले समय, क्वालिटी, प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसारको प्रोडक्टको आशा राख्नु स्वभाविक नै हो । प्रोजेक्टका लगानीकर्ताको आशा र चाहना अनुसार हामीले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्ने गरेका छौं ।’

कम्पनीका अपरेशन डाइरेक्टर गोपाल मानन्धरले कम्पनीले आफ्नो काम गुणस्तरीय रुपले गरेको कारणले गर्दा नै उत्कृष्ट हुन सकेको जनाए । यो गुणस्तरलाई अझ समयसापेक्ष अझै बढाउँदै लाने उनले बताए । कम्पनीलाई निर्माण क्षेत्रमै एक उदाहरणीय बनाउनको लागि सम्बन्धित विभागका सबैलाई उनले निर्देशन दिए ।

कम्पनीका जनरल म्यानेजर शम्भु फुँयालले आफ्नो ३० वर्षको कार्यकालमा कम्पनीले कसरी आज यो उँचाई प्राप्त गर्न सफल भयो भन्ने आफ्नो अनुभव बाँंडनुभयो । कम्पनीका फाइनान्स डाइरेक्टर श्याम मिलन श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा पनि कसरी कम्पनीले आफ्नो आर्थिक गतिविधिलाई चलायमान राख्न सक्यौ भन्ने प्रष्ट पार्दै सभालाई समापन गरेका थिए ।

सिई कन्स्ट्रक्सन प्रालि नेपालको प्रसिद्ध निर्माण कम्पनी हो । काठमाडौंसहित देशका मुख्य शहरमा रियलस्टेटमा काम गर्ने अग्रणी कम्पनीमा सिई अग्रणी कन्स्ट्रक्सनमा पदर्छ । कम्पनीले अहिले देशभर विभिन्न क्षेत्रमा दर्जनौं ठूला प्रोजेक्टमा काम गरिरहेको छ ।

कम्पनीले स्थापनाको ३० वर्षसम्ममा सयौं प्रोजेक्ट सम्पन्न गरिसकेको जनाएको छ । यसका जोइन्ट भेन्चर ३० भन्दा बढी छन् । सिइ आइएसओ सर्टिफाइड कम्पनीसमेत हो । 
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा